शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा १०० ले बढ्यो सुनको मूल्य

बुधबार, ०३ कात्तिक २०७८, ११ : १८
बुधबार, ०३ कात्तिक २०७८

आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।

महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी रमेश महर्जनको सम्झनामा सुनको मूल्य तोकेको थिएन । सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो । यसैगरी, आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप