मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कम्युनिष्टले जनादेशको अपमान गरेपछि काँग्रेसले मुलुकको नेतृत्व सम्हाल्यो : मन्त्री बडू

बिहीबार, ०४ कात्तिक २०७८, १२ : ०१
बिहीबार, ०४ कात्तिक २०७८

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले कम्युनिस्टले जनादेशको अपमान गरेपछि काँग्रेस सत्तामा पुगेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्वारा बिहीबार पार्टी कार्यालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बडुले जनताले कम्युनिष्टहरूलाई पाँच वर्षसम्म मुलुक सञ्चालन गर्ने जिम्मा दिएपनि आपसमै  लडेर जनादेशको अपमान गरेको बताए ।

त्यसपछि प्रतिपक्षको भूमिकामा बसेको काँग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको उनले बताए ।  कम्युनिस्टको आपसी लडाइबाट मुलुकको संविधान नै खतरामा पर्ने देखिएपछि  काँग्रेसले मुलुकको नेतृत्व सम्हालेको उनको भनाइ छ ।

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै मन्त्री बडुले विकास निर्माण, जनअपेक्षाको सम्बोधन र निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारी सरकारको काँधमा रहेको बताए। मुलुकमा स्थायी शान्ति भयो भने मात्रै विकास निर्माणले फड्को मार्ने मन्त्रीले बडूको भनाई थियो ।

जनताले काँग्रेस नेतृत्वको सरकारबाट मात्रै विकास र समृद्धिको आशा गरेको भन्दै आगामी चुनावपछि  काँग्रेस पहिलो पार्टी भएर सरकारको नेतृत्व गर्ने निश्चित भएको मन्त्री बडुले ठोकुवा समेत गरे ।

अर्को प्रसंगमा मन्त्री बडुले काँग्रेसको १४ औं महाधिवेशनमा दार्चुला जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिनुपर्नेमा जोड दिए । उनले काँग्रेस सँधै एक ढिक्का भएर जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप