थप ७०८ जनामा कोरोना पुष्टि, देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित
शुक्रबार, ०५ कात्तिक २०७८, २१ : ५५
पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमित ९ लाख २ हजार १ जनामध्ये ७ लाख ८५ हजार ८१३ जना निको भएका छन् भने कुल ११ हजार ३३७ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९७.२ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा