शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेवा किनारमा ‘प्रतिरोध साँस्कृतिक यात्रा’ सम्पन्न

शनिबार, ०६ कात्तिक २०७८, २१ : ०४
शनिबार, ०६ कात्तिक २०७८

प्रतिरोध जनअधिकार आन्दोलनले शनिबार पोखरास्थित फेवाताल किनारमा प्रदर्शन गरेको छ । फेवाताल अतिक्रमणको विरोधका साथै चितवनस्थित मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग राख्दा हत्या गरिएका भीमबहादुर विश्वकर्माको न्यायको मागसहित प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सुशेला संगीत समूह र संगम सांस्कृतिक मञ्चले संयुक्त रुपमा प्रकृति दोहन, पर्यावरण विनाश र ताल अतिक्रमणको विरुद्धमा विभिन्न गीतहरू प्रस्तुत गरेका थिए । साथै कविहरू राजेन्द्र पौडेल, कल्पना चिलुवाल, विकाश मगरले कविता वाचन गरेका थिए ।

प्रतिरोधले व्यवस्था विरोधी आन्दोलन देशैभरी गर्ने तयारी रहेको संगठनकी सचिव अनिता पण्डितले जानकारी दिइन् । उनले भनिन्, ‘हामी सबै किसिमका शोषण तथा उत्पीडनको विरुद्धमा छौँ, अहिले यो व्यवस्थाले विभेद र अन्यायलाई संस्थागत गरेको छ, अहिलेको राजनीतिक व्यवस्थाको विकल्पमा हामीले बहस आरम्भ गरेका छौँ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मनोज खतिवडाले ६० लाखभन्दा बढि युवालाई विदेश पठाउने साथै वैदेशिक अनुदानका भरमा देश विकास गर्ने सोच बोकेको राज्यसत्तालाई आफुहरुले नमान्ने बताए । उनले जात व्यवस्था, पितृसत्ता, पर्यावरण विनाश लगायत सबै किसिमका शोषण र उत्पीडनको विरुद्धमा देशैभरी आन्दोलन सिर्जना गर्ने बताए । कार्यक्रममा विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । प्रतिरोधले पोखरास्थित फेवातालको किनारबाट सांस्कृतिक यात्राको आरम्भ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप