ad

सिद्धार्थ क्याम्पसले कोरोना महामारीमा लिएको शुल्क फिर्ता गर्न माग

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

कपिलवस्तुका क्रियाशील विद्यार्थी संगठनहरुले  विभिन्न ६ बुँदे मागसहित सिद्धार्थ क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल छैटौंका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोनाभाइरस अवधिभर अनलाइनको बहानामा अनावश्यक रुपमा लिइएको चर्को शुल्क तत्काल फिर्ता गर्न माग गरिएको छ ।


क्याम्पस प्रशासनले प्राध्यापक, उपप्राध्यापक नियुक्ति तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा गरेको विषयमा पनि विद्यार्थी संगठनले आइतबार क्याम्पस प्रमुख खेमराज शर्माको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।



क्याम्पसबाट पाउने छात्रवृत्ति गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरी आफ्नो अनुकुलतामा वितरण गरिएको उनीहरुको आरोप छ । यस्तै भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिँदै आएको चर्को असुली कार्य तत्काल अन्त्य गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।



एक हप्ताभित्र माग सुनुवाइ नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिएका छन् ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।