बुटवलका डिएसपी ४ महिनामा फेरिए, दरबारमार्गमा खड्का
काठमाडौं । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरलाई ४ महिनामै हटाइएको छ । प्रहरी प्रधान कार्यालयले बुटवलमा डिएसपी ठगबहादुर केसीलाई पठाएको छ । केसी तनहुँ स्थित गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतरामा कार्यरत थिए । कुँवर चार महिनाअघि मात्र बुटवलको इन्चार्ज भएका थिए । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज पनि परिवर्तन गरेको छ । दरबारमार्ग वृत्तमा डिएसपी विश्वराज खड्कालाई काज सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
दरबारमार्गमा कार्यरत डिएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । काठमाडौं जिल्लाको आकर्षक पोष्टिङ मानिने दरबारमार्गमा सरुवा भएका खड्का पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिजा हुन् । उनले यसअघि पनि महानगरीय प्रहरी वृत्त बालाजुको इन्चार्ज भएर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
-
सुनसरीमा गोली चल्यो
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो