शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा दुई वटा पालिकामा मात्रै एमालेको अधिवेशन

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : २७
मङ्गलबार, ०९ कात्तिक २०७८

मंगलबार धनुषाका दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन भइरहेको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन भइरहेको हो । अधिकांश स्थानीय तहमा विवाद भएकाले तोकिएको समयमा वडा अधिवेशन नै हुन नसकेको छैन भने केहि वडामा भने प्राविधिक कारणले पार्टीले नै अधिवेशन गर्न नभ्याएको एमाले धनुषका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अधिवेशन हुन बाँकी छ । उनले वडामा अधिवेशन नसकिएकै कारण जनकपुरधामको नगर अधिवेशन हुन नसकेको बताए ।  

दुई वटा स्थानीय तह बाहेक अन्य १६ वटा स्थानीय तहको अधिवेशन कहिले हुने भन्नेमा अन्योलता कायमै रहेको नेताहरुको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप