संकटमा भक्तपुरको बामगठबन्धन
भक्तपुर । भक्तपुरमा बाम गठबन्धनमा समस्या देखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा १मा एमाले का हरिशरण लामिछाने र माओवादी केन्द्रका डिपी ढकाल दुबैको उम्मेदवारी कायम भएपछि गठबन्धनमा समस्या देखिएको हो ।
यो बारेमा माओवादी केन्द्रमा भक्तपुर संयोजक समेत रहेका ढकालसँग जानकारी लिन खोज्दा उनले यसबारे भोलि थाहा हुने जानकारी दिएका छन् ।
उता एमाले नेताहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । आज १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय भए पनि दुबै पार्टीका नेताहरुले उम्मेदवारी फिर्ता नलिएकाले गठबन्धन कायम नहुने पक्का जस्तै बनेको छ ।
यदि प्रतिनिधि सभा १ नम्बर क्षेत्रमा बाम गठबन्धन कायम नभएमा २ नम्बर क्षेत्रमा समेत यो कायम नहुने माओवादी नेताहरुको भनार्इ रहेको छ ।
यस बारेमा माओबादी केन्द्रले पत्रकार सम्मेलन गर्ने तयारी गरेको जानकारी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण