एमाले बडिगाडको अध्यक्षमा कमलराज आचार्य
नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ। अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलजला) र महेन्द्र केसी (भिमगिठे) सहित सदस्यहरू रहेका छन् । राति अबेर सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।
अधिवेशनले निवर्तमान सचिव दिनेश शर्माले प्रस्तुत गरेको राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन समेत सुझाव सहित पास गरेको छ। त्यस्तै अधिवेशनले नेकपा एमाले बडिगाडको इतिहास लेखन गर्नको लागि निवर्तमान अध्यक्ष गुणनिधि घिमिरेको संयोजकत्वमा १० वटै वडा कमिटीका अध्यक्षहरू रहेको कमिटी समेत गठन गर्ने निर्णय गरेको छ। बन्द सत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुनिल शेरचनको अध्यक्षता तथा जिल्ला कमिटी सचिव विष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण