आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १२० रुपैयाँ २४ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९० पैसा र बिक्रीकर ३२ रुपैयाँ ०६ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक