कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई खुला चुनौती दिएका छन् ।
कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋण मागेको वा लिएको प्रमाणित गरिदिए गृहमन्त्री समेत रहेका लामिछानेले राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले थापालगायतलाई प्रश्न गरेका छन् ।
लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’
उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको छैन´ उनले भने, ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।
उनले अगाडि भनेका छन्,‘तपाईंहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि यो सार्वभौम संसद्को सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ?’
उनले रास्वपाका नेता कार्यकर्तालाई शिर ठाडो राख्न पनि आग्रह गरेका छन् । उनले आफूले कसैलाई नठगेको पनि जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण