सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती

शुक्रबार, २८ वैशाख २०८१, २० : ०५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई खुला चुनौती दिएका छन् । 

कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋण मागेको वा लिएको प्रमाणित गरिदिए गृहमन्त्री समेत रहेका लामिछानेले राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले थापालगायतलाई प्रश्न गरेका छन् । 

लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’

उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको छैन´ उनले भने, ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ  किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।

उनले अगाडि भनेका छन्,‘तपाईंहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि  यो सार्वभौम संसद्को सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि  हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ?’

उनले रास्वपाका नेता कार्यकर्तालाई शिर ठाडो राख्न पनि आग्रह गरेका छन् । उनले आफूले कसैलाई नठगेको पनि जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप