शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : प्रतिपक्षबिना नै प्रदेशसभा धमाधम चल्दै

आइतबार, १४ कात्तिक २०७८, २० : ३३
आइतबार, १४ कात्तिक २०७८

प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिष्कार गरे पनि लुम्बिनी प्रदेशसभाको बैठक धमाधम अगाडि बढाइएको छ । लामो समयदेखि एमालेले आफ्ना माग पूरा नभएको भन्दै लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी गरे पनि पछिल्ला दिनमा बैठक धमाधम चलाउन थालिएको छ ।

आइतबार जीवनाशक विषादी नियमन सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ । आजै बसेको प्रदेशसभाको बैठकमा उक्त विधेयक कृषि, खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले पेस गरेकी थिइन् । त्यसपछि उक्त विधेयक सर्वसम्मतका साथ स्वीकृत गर्दै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

यता प्रमुख प्रतिपक्ष एमालेले आज पनि बैठकमा नाराबाजी गरेका थिए । बैठकको सुरुमै एमालेका सांसद तुलसी चौधरीले आफूहरूमा माग पूरा नभएको भन्दै विरोध जारी रहेको बताएका थिए । एमालेले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । शाही र वली दुवैजना मन्त्री बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप