शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा विदेशीसँगै नेपालीले मनाए ह्यालोविन (तस्बिरसहित)

सोमबार, १५ कात्तिक २०७८, १० : ४९
सोमबार, १५ कात्तिक २०७८

अमेरिकामा विदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व (२०२१) खुसी तथा मनोरञ्जनपूर्वक मनाइएको छ । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक भएकाले कतै छिटो र कतै ढिलो मनाउने क्रम जारी रहेको छ । यस बर्ष नेपालीहरुको महान चाड दसैं समाप्तपछि ह्यालोविन पर्व आएको छ । नेपाली समूदायले अमेरिकामा जन्मेका दोश्रो पुस्ता ,सानोमा अमेरिका आएका र विद्यालय समेत जान थालेका छोराछोरीको साथमा ह्यालोविन पर्व मनाएका छन् ।

अमेरिकामा मनाइने इसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित ह्यालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समूदायले विदेशीले जस्तैमनाउन सुरु गरिसकेका छन् ।तिहारमा देउसी भैलो खेले जस्तै अमेरिकाका बालबालिकाहरूले ‘ट्रिक अर ट्रीटिंग’ भन्दै ह्यालोविन पर्व मनाउँछन् । साथै, ‘ह्यापी ह्यालोविन’ भन्ने पनि चलन छ । यसरी विदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर– छिमेक र नजिक पर्ने ठाउँमा ह्यालोविन पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

ह्यालोविन के हो ?  किन मनाइन्छ ?

ह्यालोविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। ह्यालोविन इसाईहरूको एक चाड हो। ह्यालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

ह्यालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौं शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्रिभन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप