बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा बसोबास गर्ने नेपालीले यसरी गरे लक्ष्मी पूजा, हेर्नुस् तस्बिरमा

शुक्रबार, १९ कात्तिक २०७८, ०९ : २८
शुक्रबार, १९ कात्तिक २०७८

अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहीबार परेकोले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भै सकेको छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टाको समय फरक हुने केही राज्यका शहरहरुमा लक्ष्मी पूजा प्रारम्भ हुँदै गरेको अवस्था छ । अमेरिकामा नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलश, फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् । 

नेपालीहरुले आफ्ना घर आँगन अगाडी र कोठा भित्र पनि बिभिन्न प्रकार र ढाँचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलिमिली बत्ती बाली घर उज्यालो परेका छन् । अमेरिकामा अझ पनि कोरोना भाइरस महामारीको प्रभाव रहेकोले नेपाली समुदायले सावधान र सतर्कता पूर्वक मनाई रहेका छन् । कोरोना बिरुद्धको खोप सम्भवत सबै नेपालीहरुले लगाई कसेकोले गत बर्ष २०२० भन्दा केही चहलपहल बढेको र आनन्द संग लक्ष्मी पूजा मनाई रहेका छन् ।

आफन्त र आफ्ना परिवारबीच आवत जावत गर्न सुरु भएकोले नेपालीहरुको दोश्रो महान चाड यस वर्ष तिहार उल्लासमय हुन् सकेको छ । लक्ष्मी पूजाको दिन साँझ भएपछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा पर्व मनाइएको छ ।

विहीबार विशेषगरी घरका झ्याल, ढोका, कोठा,भ-याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन ।

अमेरिकामा आगलागीको डर हुनाले दीयोमा बत्तीमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तीको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाई रहेका छन् ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।

विगत वर्षमा देउसी भैलो नजिक र साथीभाइ ,आफन्तका घरमा खेलिने भएता पनि यस वर्ष पनि विगत वर्षको झैँ कोरोना भाइरसको कारण कम खेलिएको छ ।

सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनकामनासहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर ,सन्दुक ,सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप