संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
शुक्रबार, २२ जेठ २०८३, १५ : ५५
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय संसद्का सांसदहरूलाई संसदीय अभ्यास, कानुन निर्माण र समितिमा भूमिकाबारे प्रशिक्षण दिएको छ।
- प्रशिक्षण कार्यक्रममा पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेताहरू डा. बेदुराम भुसाल, खेमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले प्रशिक्षण दिएका छन्।
- नेकपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा १७ गरी कुल ३४ जना सांसद रहेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सङ्घीय संसद्का जनप्रतिनिधिहरू प्रशिक्षण दिएको छ।
संसद्को काम कारबाही, नियम, कानुन निर्माण लगायत विषयमा जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
ज्वालाका अनुसार शुक्रबार बिहानदेखि बेलुका ५ बजेसम्म सितापाइलामा राखिएको कार्यक्रममा पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेताहरू डा. बेदुराम भुसाल, खेमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले प्रशिक्षण दिएका छन्।
‘संसदीय अभ्यास, कानुन निर्माण, संसदीय समितिमा खेल्नुपर्ने भूमिका लगायत विषयमा प्रशिक्षण कार्यक्रम राखिएको हो’, ज्वालाले भने।
नेकपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा १७ गरी ३४ जना सांसद छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण