संघीय सांसद बजेट माग्न प्रदेशमा
सारांश
- सङ्घीय सांसद एवम् अर्थ समितिका सभापति डा. कृष्णहरी बुढाथोकीले बागमती प्रदेश सरकारसँग बजेट माग गरेका छन् ।
- सांसद बुढाथोकीले रामेछाप जिल्लाका खानेपानी लगायतका आयोजनामा बजेट माग गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ लगायतलाई भेटेर योजनाको सूची बुझाएका छन् ।
- उनले रामेछाप जिल्ला विकासमा पछि परेको भन्दै योजना छनौट र बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेका छन् ।
काठमाडौँ । सङ्घीय संसद्का सांसद एवम् अर्थ समितिका सभापति डा. कृष्णहरी बुढाथोकी नेतृत्वकाे टाेलीले बागमती प्रदेश सरकारसमक्ष बजेट मागे गरेकाे छ।
रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद बुढाथोकी बजेट माग गर्दै शुक्रबार हेटौँडा पुगेका हुन् । सभापति बुढाथोकीले बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई भेटेर रामेछापका विभिन्न खानेपानी लगायत आयोजनाका लागि बजेट माग गरेका हुन्।
सांसद बुढाथोकीले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै आर्थिक मामिला मन्त्री तामाङलाई रामेछापका विकासका आयोजनाहरूको सूची समेत बुझाएको उल्लेख गरेका छन्।
उनले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापा मगरलाई समेत भेटेर योजना बुझाएका छन्।
बुढाथोकीले प्रदेशका मन्त्रीहरूसँगको भेट गर्दै रामेछाप जिल्ला विकासमा पछि परेकाेले योजना छनाेट र बजेट विनियोजनमा प्राथमिकतामा राख्न आग्रह गरिएको बताए।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारीमा छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमाबुढाथोकी रास्वपाबाट निर्वाचित सांसद हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण