सुज अभियानमा बाबुरामको दौडधूप जारी
सोमबारदेखि गोरखाबाट सुरु भएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुज अभियानमा जिल्ला विभिन्न भागमा पुगेर स्थानीय जनतासँग छलफल तथा अन्तरक्रिया गरेका छन् । सुज अभियानको पहिलो कार्यक्रम गण्डकी गाउँपालिकाको वडा नम्बर ८ वरफेरीमा भयो । पहिलो दिनको गण्डकी गाउँपालिका तोरी स्वारा, वेनीगाउँ, रामपुर, दरबुङफाँटमा पनि अन्तरक्रिया आयोजना गरिएको थियो ।

अभियानको दोस्रो दिन गण्डकी गाउँपालिकाको वडा नम्बर ३,४ ढकालगाउँ, ३ आमडाँडा, याङ्दी हुँदै सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ र भीमसेन थापा गाउँपालिकाको क्यामुङटार, पिपलटारमा भट्टराईले जनतासँग साक्षात्कार गरेका थिए । क्यामुङटारको पाटनदेवी माध्यमिक विद्यालयको चौरमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता दिलबहादुर कुमालले बाबुरामसँग गोर्खालीको भाग्य र भविष्य जोडिएको बताए । पाटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कुमालले स्थानीयको प्रतिनिधित्व गरेर बूढीगण्डकी आयोजना, त्यसले पार्ने प्रभाव, किसानका समस्यालगायतका विषयमा बोलेका थिए ।
सुज अभियानको दोस्रो दिन बास बस्न भीमसेन थापा गाउँपालिका पिपलटार आइपुगेका बाबुरामसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा स्थानीय खुसी देखिन्थे । त्यहाँ पनि भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र श्रेष्ठलगायका स्थानीय एमसीसी बूढीगण्डकीलगायत राष्टिय मुद्दाहरूमा बाबुरामसँग जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण