आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

ऐश्वर्यादेखि करिनासम्म : वास्तविक जीवनमा कस्ता बुहारी हुन् नायिका, कस्तो छ सासूसँग सम्बन्ध ?

बुधबार, २४ कात्तिक २०७८, १४ : ३४
बुधबार, २४ कात्तिक २०७८

टिभीको सासु बुहारी टेलिश्रृङ्खलाबारे त धेरैजसो चर्चा हुने गर्छ तर बलिउड नायिका वास्तविक जीवनमा कस्ता बुहारी हुन् र उनीहरुको सासूसँग कस्तो सम्बन्ध छ, यसबारे निकै थोरैलाई मात्रै जानकारी छ ।

हालै आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले आफ्ना ससुरासँग नाचिरहेको एउटा भिडियो सेयर गरेकी थिइन् । ससुरासँग बुहारीको यो डान्स भिडियो सोसल मिडियामा प्रशंसकलाई निकै मनपर्यो । ताहिराले पनि यसलाई साझा गरेर आफ्ना ससुरालाई ‘कुलेस्ट फादर इन ल’ बताएकी छिन् । दिवालीको मौकामा दुई ससुरा बुहारीको यो सम्बन्ध, बाउ–छोरीको सम्बन्धभन्दा कम देखिएको छैन ।

ऐश्वर्या राय–जया बच्चनः

ऐश्वर्या राय आफ्नी सासु जया बच्चन र ससुरा अमिताभ बच्चनसँग निकै राम्रो सम्बन्ध स्थापित गर्छिन् । कतिपटक कार्यक्रममा जयाले आफ्नी बुहारी ऐश्वर्यालाई भीडबाट बचाइरहेको पनि देख्ने गर्छिन् । यस्तै ऐश्वर्या पनि आफ्नी आमा समान सासुको काखमा टाउको राखेको देखिन्छिन् ।

ऐश्वर्या राय–अमिताभ बच्चनः

ऐश्वर्या आफ्ना ससुरा अमिताभसँग पनि निकै नजिक छिन् । यी दुई ससुरा–बुहारी कम र बाउ–छोरी बढी जस्ता देखिन्छन् । यी दुई सेलिब्रिटीले थुप्रै मौकामा एक–अर्काको भरपूर तारिफ गर्ने गर्छन् ।

रानी मुखर्जी–पमेलाः

रानजी मुखर्जी विवाहपछि आफ्नो नीजि जीवनलाई गोप्य राख्न नै रुचाउँछिन् । तर सासु पमेलासँग उनको सम्बनध क्यामराबाट लुक्न सकेको छैन । यी दुई सासु बुहारीलाई थुप्रै पटक विभिन्न कार्यक्रममा एकसाथ देखिएको छ । यी दुई कार्यक्रममा मात्रै नभई एक–अर्कासँग बसेर निकै रमाइलो गरिरहेको पनि देखिन्छन् ।

करिना कपुर–शर्मिला टेगोरः

करिना कपुर पनि आफ्नी सासु शर्मिला टेगोरसँग निकै नजिकको सम्बन्ध साझा गर्छिन् । करिनाको कार्यक्रम ह्वाट विमने वान्टमा उनकी सासु शर्मिलाले आफ्नी बुहारीबारे धेरै कुरा गरेकी थिइन् । शर्मिलाले उनलाई आफ्नी बुहारी करिनाको काम र आत्मनिर्भरता निकै मनपर्ने बताएकी थिइन् । करिनाले पनि शर्मिलाले आफूलाई उनकै छोरीजस्तो व्यवहार गर्ने बताएकी थिइन् ।

समिरा रेड्डी–मंजरी वर्दे

समिरा रेड्डी र उनकी सासू मंजरी वर्देको भिडियोबारे को अवगत नहोला ? यी दुई सासु बुहारी यति कूल अन्दाजमा भिडियो बनाउँछन् कि हेर्दा लाग्छ कि उनीहरु आमा–छोरी हुन् । समिराका रमाइला भिडियोमा उनकी सासु मंजरीको पनि संलग्नता हुन्छ । दुई मिलेर सोसल मिडियामा असाध्यै हंगामा गर्छन् ।

काजोल–वीणा देवगनः

काजोल आफ्नी सासु वीणा देवगनसँग निकै नजिक छिन् । उनी आफ्नी सासु वीणालाई असाध्यै माया गर्छिन् र उनको पूरा ख्याल पनि राख्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप