रामचन्द्र झाले छोडे माओवादी, माधव नेपालको पार्टीमा प्रवेश गर्ने
माओवादी केन्द्रका नेता रामचन्द्र झाले सो पार्टी छोडेका छन् । झा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेको उनी निकट र समाजवादीका नेताहरुले दावी गरेका छन् । नेता झा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा पुगेका थिए । झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले बताएका छन् ।
‘नेता झा एक साताअघि पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा आएर अध्यक्षलगायतका नेताहरुसँग हात मिलाएर छुटेका हुन्’, माओवादी कार्यालय स्रोतले भन्यो, ‘कुनै असन्तुष्टि भएर पार्टी छोड्नु भएको होइन ।’ माओवादीले सहमतिमै झाले पार्टी छोडेको बताएपनि उनी माओवादीले स्थायी कमिटी सदस्य नबनाएकोमा असन्तुष्ट रहेका थिए । पार्टी परित्यागबारे नेता झासँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
एमालेको छैठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य हँुदै आठौं महाधिवेशनपछि एमाले पोलिटब्युरो सदस्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण