सुर्यवंशीले सय करोड पार गरेपछि अक्षयले भने, ‘हिट हुने फर्मुला कसैको बाउलाई थाहा छैन’
कोरोना कालमा दिवालीमा सिनेमाघरमा रिलिज भएको अक्षय कुमारको फिल्म सुर्यवंशीले सय करोडभन्दा बढी कमाई गरेर फिल्मी उद्योगको हौसला बढाएको छ । तर सुपरस्टारको उपाधि पाएका अक्षय कुमारका अनुसार फिल्मको सफलताको फर्मूला अहिलेसम्म कसैले पनि पाउन सकेको छैन ।
भारतको सिनेमाघर कहिलेदेखि खोलिने हो भनेर करिब डेढ वर्षदेखि प्रतिक्षा गरिँदै थियो । कोरोना महामारीका कारण महाराष्ट्रमा पनि सिनेमाघर लामो समयदेखि बन्दै रह्यो । अन्ततः अघिल्लो महिला महाराष्ट्र सरकारले सिनेमाघर खुल्ने अनुमति दिएको थियो । सुर्यवंशी पहिलो ठूलो फिल्म रह्यो जसले दर्शकलाई सिनेमाघरमा एकपटक पुनः बोलाउने जिम्मा लियो ।
यसअघि अक्षय कुमारको फिल्म बेलबटमले एउटा कोसिस गरेको थियो तर थुप्रै राज्यमा सिनेमाघर बन्द भएका कारण फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । तर सुर्यवंशीले पहिलो हप्तामा नै सय करोड भारुको कमाई गरेर फिल्म निर्माताको हौसला बढाएको छ ।
यो अक्षय कुमारको करियरको १५ औं फिल्म हो जुन सय करोड क्लबमा समावेश भएको छ । यसअघि एयरलिफ्ट, गोल्ड, होलिडे, राउडी राठौर, हाउसफुल सिरिज, रुस्तम, जोली एल एल बी, केसरी, टोयलेट एक प्रेम कथा सय करोडको आँकडा पार गरिसकेको छ ।
अक्षय कुमार दर्शकलाई आभार व्यक्त गर्दै भन्छन्, ‘ दर्शकले मलाई यत्ति धेरै माया दिएकोमा म आफूलाई निकै भाग्यमानी ठान्छु । महामारीबाट निस्किएर दर्शक सिनेमाघरमा जानु, टिकट खरिद गर्नु र परिवारसँग फिल्म हेर्नु, नौलो कुरा भएको छ । म यसका लागि दर्शकप्रति आभारी छु ।’
सुर्यवंशीमा अक्षय कुमारसँग अजय देवगन र रणवीर सिंह गेस्ट अपियरेन्समा देखिएका छन् । स्टार पावर र फिल्ममाथि टिप्पणी गर्दै अक्षय भन्छन्, ‘मलाई लाग्छ कि स्टार पावर केही होइन किनभने वास्तविक पावर स्क्रिप्ट र स्क्रिनप्लेमा हुन्छ ।’
अक्षय कुमारको मान्यता यो छ कि निर्देशक र लेखक पहिला आउँछन् र पछि अभिनेता आउँछन् ।
३० वर्षको फिल्मी करियरमा अक्षय कुमारले थुप्रै सफल फिल्ममा अभिनय दिएका छन् । तर फिल्मको सफलतालाई केले मापन गर्छ, त्यसबारे अञ्जान छन् ।
उनी भन्छन्, ‘फिल्मको सफलताको फर्मुला कसैको बाउलाई पनि थाहा छैन । कसैलाई थाहा छैन कि फिल्म चल्नुका कारण के हुन् ? म आफ्नो करियरको हिसाबले भन्न सक्छु, कुनै स्क्रिप्ट राम्रो हुन्छ, फिल्म राम्रो देखिन्छ र मानिसहरु ट्रायलमा वाहवाही गर्छन् तर त्यो फिल्मलाई कुकुरले समेत हेर्न आउँदैनन् । र कुनै फिल्मको ट्रायलका बेला कसैले फिल्म कस्तो छ भनेर नसोधोस् भनेर मुख लुकाईलुकाई भाग्ने गर्छन् र त्यहि फिल्म हिट हुने गर्छ ।’
अक्षय कुमारका अनुसार जुन फिल्म हाँसीखुसी बनाइएको छ, त्यसको भाग्य राम्रो हुन्छ ।
अक्षय कुमार फिल्म इन्डष्ट्रिका सबैभन्दा सफल सुपरस्टार मानिन्छन् जसले वर्षमा चारदेखि पाँचवटा फिल्ममा अभिनय गर्छन् । उनको फिल्मको कमाई सय करोडभन्दा बढी हुन्छ । पैसामा निर्भर फिल्म उद्योगमा सय करोडको आँकडाले अक्षय कुमारलाई प्रभावित पार्छ । फिल्मको कमाईले उनलाई थप ठूला फिल्म बनाउन र ठूला फिल्ममा खर्च गर्न हौसला दिन्छ ।
अक्षय भन्छन्, ‘यो उद्योगमा आएको छु, यहि उद्योगबाट कमाउनेछु र यसैमा लगानी गर्नेछु । म त सिनेमाघर खोलियोस् भन्ने चाहन्छु । फिल्म थप ठूला हुन् र त्यसको कमाई ३००–४०० र ८०० करोडसम्म पुगोस् भन्ने चाहन्छु किनभने भारतको क्षमता असाध्यै धेरै छ तर सिनेमाघर कम छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण