प्रधानन्यायाधीश राणालाई नेपाल बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन, आजै राजीनामा दिनुस्
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अब संवाद गर्नुको औचित्य नहुने जवाफ दिएको छ । सोमबार प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीहरुलाई सम्वादमार्फत समाधान खोज्न विज्ञप्ति जारी गरेका थिए । बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएपछि कानुन व्यवसायीहरुले राणाको प्रस्तावमा विश्वास गर्न नसकिने बताएका हुन् ।
‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जवाफ दिए । अधिवक्ता सुनिल पोखरेलले बारको आन्दोलन मार्गप्रशस्त हुँदै राजीनामासम्म पुगेको बताए । उनले भने, ‘हाम्रो भद्र अनुरोध छ, मार्ग प्रशस्त गर्नुस्, न्यायपालिकामा थप क्षति हुन नदिनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल