कंगनाविरुद्ध राजद्रोहको मुद्दा लगाउन माग, राष्ट्रपतिलाई लेखियो चिट्ठी
दिल्लीको महिला आयोग (डीसीडब्ल्यू) नायिका कंगना रनोटको स्वतन्त्रताको विषयमा दिएको बयानको विरुद्धमा उत्रिएको छ । आयोगकी अध्यक्ष स्वाति मालीवालले कंगनालाई दिइएको पद्मश्री पुरस्कार फिर्ता लिने र राजद्रोहको मुद्दा दर्ता गर्न मागको विषयमा राष्ट्रपति रामनाथ कोविन्दलाई चिट्ठी लेखेकी छिन् । कंगनाले केही दिन अघि एक टिभी च्यानलमा देशको स्वतन्त्रतामाथि विवादास्पद बयान दिएकी थिइन् । उनले आफ्नो बयानमा भारतले वास्तविक स्वतन्त्रता २०१४ मा पाएको र सन् १९४७ मा देशले स्वतन्त्रता नभई भिख पाएको बताएकी थिइन् ।
सत्ताको गुलामी देशको वास्तविक स्वतन्त्रता जस्तो लागिरहेछः
मालीवालले आफ्नो चिट्ठीमा लेखेकी छिन्, ‘नायिकाले आफ्नो बयानबाट देशको स्वतन्त्रता सेनानीको अपमान गरेको छ । उनको यो बयानबाट थाहा हुन्छ कि उनीभित्र भगत सिंह, महात्मा गान्धीजस्ता हाम्रा अनेक स्वतन्त्रता संग्राम सेनानीप्रति कति घृष्णा भरिएको छ । जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिए ।’
‘हामी सबैलाई थाहा छ कि हाम्रो स्वतन्त्रता संग्राम सेनानीको बलिदानका कारण नै हामीले बेलायतबाट स्वतन्त्रता पाएका छौं । कंगनालाई ‘सत्ताको गुलामी’ देशका वास्तविक स्वतन्त्रता लागिरहेको जस्तो मलाई लाग्छ ।’
राजद्रोहको मुद्दा दर्ता होस्ः
मालीवालले राष्ट्रपतिसँग यो पूरा मामिलामाथि ध्यान आकर्षण गर्न र कंगनाबाट पद्मश्री पुरस्कार फिर्ता लिन आग्रह गरेका छन् । आयोगकी अध्यक्षले कंगनाको बयानले भारतीयका भावना आहत भएको र उनको बयान राजद्रोहको श्रेणीमा आउने बताइन् । आफ्नो चिट्ठीमा उनले कंगनाविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण