कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु
कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बैठकमा समग्र एजेण्डाको विषयमा छलफल गर्ने बताए । यो बैठकमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा पनि सहभागी छन् । उनको उपस्थितिले पनि दलबाट कसलाई सरकारमा पठाउने भन्नेबारे वृहत छलफल हुने आङ्कलन गरिएको छ ।
दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्र कर्णाली प्रदेशको सह–इन्चार्ज हुन् भने शर्मा अध्यक्ष हुन् संसदीय दलको बैठकमा प्रदेश अध्यक्षलाई उपस्थित गराउनुलाई केही रहस्यमय तरिकाले हेरिएको छ । दलभित्रकै सांसदहरुबीच मन्त्री बन्ने कुरालाई लगेर लडाईँ हुन थालेपछि तालमेल मिलाउनका लागि भएपनि शर्मालाई उपस्थित गराइएको हुन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण