भक्तपुरमा यसरी गरियो नमुना मतदान (फोटो फिचर)
भक्तपुर– मतदाता शिक्षा प्रभावकारी बनाउने उदेश्यले भक्तपुरको कटुन्जेमा नमुना मतदान गरिएको छ ।
मंसिर २१ हुने प्रनितिधि र प्रदेश सभा निर्वाचनका लागि मतदातालाई मतदान गर्न सहज होस् भन्ने उदेश्यले नमुना मतदान गरिएको हो ।
मंगलबार जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ कटुन्जेमा नमुना मतदान गराएको हो । दोस्रो चरणको निर्वाचन अन्र्तगत मंसिर २१ गते हुने मुख्य निर्वाचनमा यो नमुना निर्वाचनले निर्वाचन मतदातालाई सहज हुने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार राईले बताए ।
नमुना मतदान अन्र्तगत प्रतिनिधि सभाको प्रत्यक्षका लागि हरियो रंगको मतपत्र र प्रदेशसभा प्रत्क्षयको लागि कालो रंगको मतपत्र प्रयोग गरिएको छ ।
समानुपातिकका लागि भने रातो रंगको एउटै मतपत्रमा तलमाथि क्रमशः प्रनितिधि सभा र प्रदेश सभाको लागि मतदान गर्नु पर्नेछ ।
राईका अनुसार एकजना मतदाताले तीनवटा मतपत्रमा चार स्थानमा छाप लगाउनु पर्ने व्यवस्था गरिएको छ ।
यसक्रममा स्थानीय मतदाताहरुलाई लाइन बस्ने, छाप लगाउने, मतदान गर्ने लगायतका प्रक्रिया सिकाइएको थियो ।
नमुना निर्वाचन एक जना मतदातालाई कम्तीमा तीन मिनेट समय लागेको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण