क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान
बुधबार, ०८ मङ्सिर २०७८, १४ : ५९
आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् ।
बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।
सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण