सदस्य सचिवका लागि खेल विज्ञ अचुतम लामिछानेको उम्मेदवारी
खेलकुद परिषदको सदस्य सचिवमा प्रतिस्पर्धा हुने देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेको थियो । त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरुले दरखास्त दिन लागेको हुन् ।
जसमा डा. अचुतम लामिछानेले पनि उम्मेदवारी दिएका छन् । खेल क्षेत्रमा विज्ञता हाँसिल गरेका लामिछाने खेल विज्ञानमा पिएचडी गर्ने पहिलो नेपाली पनि हुन् । उनले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयबाट पिएचडी गरेका छन् । सो अघि डा. लामिछानेले महेन्द्र रत्न क्याम्पसबाट प्रमाणपत्र तह र स्वास्थ्य तथा शारीरिक शिक्षामा स्नातकोत्तर गरेका थिए ।
उनले नेपाल खेल विज्ञान एकेडेमी (सान)मा खेल विज्ञको रुपमा ५ बर्ष काम गरिसकेका छन् भने १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टिमको तयारी कमिटीका सदस्य समेत थिए । उनले बाग्मती प्रदेशको खेलकुद नीति निमार्ण पनि गरेका थिए ।
खेलाडीका रुपमा तक्वान्दो चौथो डान, अन्तराष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री र योङमुदो चौथो डान समेत हाँसिल गरेका छन् ।
खेल क्षेत्रमा लागेर देशका लागि केहि गर्न विदेशमा गएर खेलमै पढेर खेलक्षेत्रमा आफुले सिकेको अनुभव ज्ञानको सदुपयोग गरेर माथि उठाउने प्रतिवद्धता रहेको उनले बताए ।
सदस्य सचिवको लागि टेकलाल घिसिङ, युवराज लामा, राजकुमार कार्की, भरत महर्जन, केशव विष्ट, ओलम्पियन दिपक विष्टले पनि चासो देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा