२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक
विहीबार, ०९ मंसिर २०७८, ११ : ५१

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो । बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ ।
उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव रहेको अवस्थामा बैंकले रिपोमार्फत रकम व्यवस्थापन गर्दै आइरहेको छ । यसअघि पनि बैंक यसैगरी रिपो जारी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय
-
एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो
-
रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
-
विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला
-
कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर