विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन् ।
नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रस्ट पारे ।
‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ,’ उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’ मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे । उनले भने, ‘हामी हरेक समस्याको समाधान संविधानमार्फत निकाल्न चाहन्छौँ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै हिजोका दिनमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै उनले हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको बताए ।
देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए । लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेकोमा उनले एमाले र यसको नेतृत्वलाई बधाई तथा शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण