एमालेको केन्द्रीय कमिटीमा १०१ महिला, अरूको कोटा छुट्याउन बाँकी
नेकपा एमालेको केन्द्रीय कमिटीमा १०१ जना महिलाको सहभागिता हुने भएको छ । गोदावरी विधान महाधिवेशनले केन्द्रीय कमिटीमा ७५ जना मात्रै महिला रहने व्यवस्था गरेको थियो । सौरहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले महिलाको उपस्थिति ७५ बाट बढाएर १०१ पुर्याएको हो ।
दुई महिना पहिले पारित विधानले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । २२५ सदस्यीय कमिटीमा ७५ जना महिलाको सिट सुनिश्चित थियो । तर, शुक्रबारको बैठकले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको सङ्ख्या बढाएर ३०१ बनाउने निर्णय लिएको छ । यो निर्णयसँगै अब केन्द्रीय कमिटीमा महिलाको सङ्ख्या १०१ पुग्ने भएको छ ।
केन्द्रीय कमिटीको सङ्ख्या थपिएसँगै महिलाको कोटा बढेजस्तै आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, मजदुर, पिछडिएको क्षेत्रको कोटा पनि बढ्ने भएको छ । तर, उनीहरूको सङ्ख्या कति बढ्ने भन्नेबारे निर्णय हुन बाँकी नै रहेको एमाले नेताहरू बताउँछन् ।
‘अब केन्द्रीय कमिटीमा महिलाको जस्तै अन्य समावेशी क्लस्टरको सङ्ख्या पनि बढ्छ, तर कुन क्लस्टरको कति सङ्ख्या बढ्छ भन्ने निर्णय हुन बाँकी छ,’ नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले रातोपाटीसँग भने, ‘अब केही बेरमा बन्दसत्रबाट सङ्ख्या किटानी गरेर आयोगलाई जानकारी आउला ।’
यसअघि गोदावरीमा पारित विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला, २२ जनजाति, १६ मधेसी, १० दलित, ६ थारु, ५ मजदुर, ४ मुस्लिम, ३ पिछडिएको क्षेत्र र ९८ जना खुल्लातर्फको कोटा तोकेको थियो ।
त्यस्तै, विधानमा सात प्रदेशबाट ६ जनाका दरले ४२ जना केन्द्रीय सदस्यको कोटा तोकिएको थियो । उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटीबाट २–२ जना केन्द्रीय सदस्यको आरक्षण तोकिएको थियो । अब केन्द्रीय कमिटीको सङ्ख्या बढेर ३०१ पुगेसँगै विधानमा रहेका सबै क्लस्टरहरुमा सङ्ख्या थपिने दाहालले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
