वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान
आइतबार, १२ मङ्सिर २०७८, २२ : ०२
अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।
उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई अनुकरणीय सेवा पुर्याएको मान्यतामा सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।
सम्मानपछि श्रेष्ठले कुनै दिन इतिहासमा अमेरिकाकै राष्ट्रपति पनि नेपाली मूलको हुन् सकोस् भन्दै भण्डारीलाई प्रगति र उन्नतिको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार