बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने
सोमबार, १३ मङ्सिर २०७८, १५ : १९
बेलायतमा सम्पूर्ण वयस्कलाई कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्रोन ‌भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाई बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने ।
बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ । नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ ।
बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन् । अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को