शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : यी हुन् सर्वसम्मत भएका पदहरु

सोमबार, १३ मङ्सिर २०७८, २२ : ५४
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको जारी दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको छ । विधानमा व्यवस्था भएको सिट संख्या बराबर नै उम्मेदवारी परेपछि ती पदमा सर्वसम्मत निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिको भनाइ छ ।

समितिका अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव पदमा सर्वसम्मत भएको हो । यस्तै, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खुला केन्द्रीय सदस्य र महिला सदस्यमा सर्वसम्मत भएको छ ।

यस्तै, सुदूरपश्चिमको खुला केन्द्रीय सदस्य, उपत्यका विशेषको खुला र महिला एक÷एक सदस्य पदमा पनि सर्वसम्मत भएको छ । सम्पर्क समन्वयतर्फ खुला १ र महिला १ पदमा पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, समावेशीतर्फ आदिवासी जनजाति खुलातर्फ १७, महिलातर्फ ८, मधेसी खुलातर्फ १३ र महिलातर्फ ६, दलित महिलातर्फ ४, थारु महिलातर्फ २, मुस्लिम खुलातर्फ ४, मुस्लिम महिलातर्फ २, श्रमिक खुलातर्फ ४ र श्रमिक महिलातर्फ २, पिछडिएको क्षेत्र महिलातर्फ १, खुला महिलातर्फ ५३, केन्द्रीय निर्वाचन आयोगमा २५ (पदाधिकारीसहित), केन्द्रीय लेखा आयोग २५ (पदाधिकारीसहित) सर्वसम्मत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप