ओलीको प्यानलमा नपरेका उम्मेदवारको आक्रोश
मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ०२
नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले केपी ओली पक्षले प्यानलसहितको पर्चा वितरण गरेकोमा आक्रोश व्यक्त गरेका छन् । बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै उनले प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरे ।
उनले भने, ‘पर्चा अध्यक्ष केपी ओली समूह भनेर वा ३०१ जना भनेर घोषणा भएका थिए, त्यो ३०१ जना मान्छेहरुलाई मात्रै मत हाल्ने र बाँकीलाई कट गरिएको छ । तपाईंहरु ३०१ भित्र हो ? भनेर सोध्ने अनि नभएकालाई तपाईँले भोट पाइँदैन भन्ने ? ’ बिक दलित तर्फको केन्द्रीय सदस्यको उम्मेदवार हुन् भने ओलीको ३०१ को सूचीमा परेका थिएनन् ।
अध्यक्ष ओली समूहले भोट नहाल्ने सूची भनेर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको थियो । जसमा ३०१ को सूची भन्दा बाहिरकालाई भोट नहाल्न भनिएको छ ।
यो पनि ...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


