रणवीरको कपिल देव अवतार रहेको फिल्म ‘८३’ को ट्रेलर रिलिज
भारतीय क्रिकेटर कपिल देवको विषयमा बनेको रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ को ट्रेलर सार्वजनिक भएको छ । इमोशन र एक्सनले भरिएको ट्रेलरमा १९८३ मा वर्ल्ड कप जितको खुसी समेत समेटिएको छ ।
फिल्ममा कपिलको भूमिका रणवीरले निर्वाह गरेका छन् । क्रिकेट टिमको खेलमार्फत सुरु भएको ट्रेलरमा रणवीर सिंहलाई दुरुस्तै कपिल देव देख्न सकिन्छ । ट्रेलर अभिनेता रणवीरले मंगलबार इष्टग्राम मार्फत सार्वजनिक गरेका हुन् । ट्रेलरमा देखिएको रणवीरको अभिनयको प्रसंसा धेरैले गरेका छन् ।
३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रा देखाउन खोजिएको छ । फिल्ममा पंकज त्रिपाठीले तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको भूमिका निर्वाह गरेका छन् ।
हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायतका भाषामा रिलिज हुने फिल्ममा दीपिका पादुकोण कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिकामा छिन् । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ । फिल्मको रिलिज मिति २४ डिसेम्बर तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण