अभिनेता कमल हासनले जिते कोरोना
बिहीबार, १६ मङ्सिर २०७८, १३ : ३६
साउथ अभिनेता कमल हासन कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । केही अगाडि कोरोना पोजिटिभ पाइएका हासनको हालै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनी पुरै ठिक भएको र छिट्टै काममा फर्किने भारतीय मिडियाले जनाएको छ ।
श्री रामचन्द्र मेडिकल सेन्टरले बुधबार हासनको स्वास्थ्य अवस्थाको बारेमा एक रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टमा अभिनेतामा कोरोनाको हल्का लक्षण देखिएको र अहिले पुरै ठिक भएको जनाएको छ । मेडिकलले हासनलाई डिसेम्बर ३ सम्म आइसोलेसनमा रहन पनि सुझाव दिएको छ ।
हासन केही अगाडि अमेरिका भ्रमणबाट फर्किएका थिए । अमेरिकाबाट फर्किएलगतै उनका कोरोना पोजेटिभ भेटिएको थियो । उनी ‘हाउस अफ खद्दर’ ब्राण्ड रहेको कपडा प्रमोसन कार्यक्रमका लागि अमेरिका पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण