बलिउड अभिनेता केके मेनन नेपालमा
शुक्रबार, १७ मङ्सिर २०७८, २२ : १०
बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । मेनन शुक्रबार १२ : ३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि उनी नेपाल आएका हुन् ।
कृष्णदशारा कोथापालीको निर्देशन रहने ‘फेक’ को शनिबारबाट काठमाडौँमा सुटिङ सुरु हुँदैछ । यसै सुटिङका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार काठमाडौँ आउँने सिरिज सुटिङका नेपाल ब्यवस्थापन जिम्मा लिने थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।
४ दिन नेपाल छायांकन सेड्युल रहेको सिरिजको सुटिङ त्रिभुवन विमानस्थल र बसन्तपुर क्षेत्रमा हुनेछ । केही अगाडि बलिउड फिल्म ‘उचाइ’ पनि छायाँकनको लागि नेपाल आएको थियो । यो फिल्मको व्यवस्थापन समेत थ्री ह्विलर्स प्रालिले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण