लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने
शनिबार, १८ मङ्सिर २०७८, २२ : ५७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।
लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शाह देउवा प्यानल हुन् भने पुन पौडेल समूहका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा