शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सप्तरङ्ग–३’ मा राजेशदेखि मिलनसम्म

सोमबार, २० मङ्सिर २०७८, १७ : ३४
सोमबार, २० मङ्सिर २०७८

सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ घोषणा भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सप्तरङ्ग– ३’ घोषणा गरेको हो । ‘सप्तरङ्ग’ कार्यक्रम सातै प्रदेशमा आयोजना हुनेछ ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित यो ‘सप्तरङ्ग’ को तेस्रो श्रृंखलाले जनताद्वारा, जनताको निम्ति भन्ने कलामार्फत जनतामा पुर्याउने छ । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग– ३’ पुस ९ गते पोखरामा गएर सकिने आयोजकले बताएको छ ।

काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना राखिएको छ ।

अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री , राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकार सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप