काँग्रेस महाधिवेशन : शीर्ष नेताहरु भृकुटीमण्डपमा
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि २ बज्नै लाग्दा समेत औपचारिक रुपमा सुरु हुन सकेको छैन । उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगेका छन् । देउवा सुरुमा पुगेका थिए भने पौडेल लगायतका नेताहरु केही ढिलागरी पुगेका हुन् ।
यसअघि पौडेल उद्घाटन सत्रमै नजाने बताएपनि नेताहरुले सहभागी हुन आग्रह गरेपनि सहभागी हुन राजी भएका थिए । आफ्नो समूहमा सभापतिको उम्मेदवार तय हुन नसकेपछि दुई दिनअघि पौडेल निराश बन्दै पार्टीबाटै सन्यास लिने बताएका थिए भने त्यसपछि उनी बैठकहरूमा सहभागी भएका थिएनन् ।
आज भने उनलाई उपसभापति विमलेन्द्र निधिले फोन गरेर महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । आजै पौडेल समूहको बैठकले उनलाई नै उम्मेदवार बनाउनेबारे छलफल गरेको छ भने प्रकाशमान सिंह समूहबाट ट्र्याकबाहिर पुगेको पनि निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा
-
वीरगञ्ज महानगर प्रमुख सिंहलाई कारबाही गर्नुपर्ने मागसहित कांग्रेस सडकमा
-
पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
-
ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा
-
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरु