शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : केपी ओली

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ३३
शुक्रबार, २४ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् । ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे । शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 
‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन्  । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीको भनाइ छ । 

उनले अरु पार्टीलाई पानीका फोकाको संज्ञा समेत दिए । ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी समेत गरे ।

उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । भने, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीको भनाइ छ । उक्त कार्यक्रमपछि ओली काँग्रेसको महाधिवेशनमा सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप