शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च यूएईको अध्यक्षमा बाबुराम विश्वकर्मा

शनिबार, २५ मङ्सिर २०७८, १६ : ४७
शनिबार, २५ मङ्सिर २०७८

 नेपाली जनप्रगतिशील मञ्च यूएईको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मिलन गुरुङ, टेकनाथ मिश्र, कुलबहादुर आचार्य, सुदीप कार्की, प्रतिक्षा लामा छन् । पाँचौं राष्ट्रिय अधिवेशनले महासचिवमा दामोदर सिंह ठगुन्ना, सचिवमा ईन्द्र सेन्चुरी, सुरेन्द्र मगर र नवीन दोङ तामाङलाई चयन गरेको छ ।

यस्तै, प्रवक्तामा सुशान आचार्य, कोषाध्यक्षमा टीकाराम बराईली, सह–कोषाध्यक्षमा धनबहादुर चन्द, प्रचारप्रसार विभाग प्रमुखमा गामबहादुर विक, महिला संयोजकमा लक्ष्मी गिरी, युवा संयोजकमा राजेन्द्र रोस्योरा, उद्यमी÷व्यवसायी विभाग प्रमुखमा फडिन्द्र ढकाल, यातायात विभाग प्रमुख कुमार श्रेष्ठ चयन भएका छन् ।

अन्य सदस्यहरुमा गुरुप्रसाद रेग्मी, अम्बिका सापकोटा, खगेन्द्र सुवेदी, दिपक विष्ट, राजकुमार गौतम, गणेश रोका, जागेश्वर बुढा क्षेत्री, अरुण अधिकारी, कृष्णप्रसाद गैरे, ईश्वर जङ्ग थापा, दिपक शर्मा, बसन्त विष्ट, सुब्बा विश्वकर्मा, प्रकाश मगर, टेक बहादुर गुरुङ, देव पुलामी, रामकुमार तिरुवा, विरेन्द्र खड्का, सन्दीप मगर, संकल्प चन्द, हिरा घताने, शम्भु पोखरेल र रमेश खड्का छन् ।

त्यसैगरी निर्वाचन आयोग प्रमुखमा रमेश लामगादे र लेखा परीक्षण आयोग प्रमुखमा चन्द्र सागर लामा चयन भएका छन् ।

अधिवेशनले ठाकुर प्रसाद ठुंगानाको संयोजकत्वमा सल्लाहकार समिति समेत निर्माण गरेको छ । जसको सदस्यहरुमा शम्भु वाईवा, रविरमण अधिकारी, पिताम्बर पोखरेल, जनार्दन सुवेदी, टीकाराम भट्टराई, देव बहादुर भुजेल, अशोक रामजाली र खडक बहादुर सार्की छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप