शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको विवादास्पद जीत

शनिबार, २५ मङ्सिर २०७८, २१ : ३२
शनिबार, २५ मङ्सिर २०७८

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । राहिम स्टर्लिङले विवादास्पद पेनाल्टीबाट खेलको एक मात्र गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । प्रिमियर लिगमा उनको यो १ सयौँ गोल थियो ।

जोआ मोन्टिन्होले बर्नार्डो सिल्भाको क्रसमा ह्यान्डबल गरेको भन्दै रेफ्रीले खेलको ६६ औँ मिनेटमा सिटीलाई पेनाल्टी दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले पेनाल्टी दिइए पनि बल मोन्टिन्होको हातमा नभएर काखीमा लागेको प्रष्ट देखिएको थियो । पेनाल्टीलाई स्टर्लिङले सजिलै गोलमा परिणत गरे ।

यसअघि पहिलो हाफको इन्जुरी समयमा राउल जिमिनेजले ३१ सेकेन्डको अन्तरमा  दुईवटा पहेँलो कार्ड पाए पछि वुल्भ्स १० खेलाडीमा सीमित बनेको थियो । जीतपछि सिटी ३८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । वुल्भ्स २१ अंकसहित आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप