नेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा

person explore access_timeमंसिर २६, २०७८ chat_bubble_outline0

अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्ससिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ ।​ नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र  माइक फ्लानागनको निर्देशनमा बनाउने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रका १५ जना अभिनेताहरूमा सापकोटा पनि परेका हुन् ।


यता सापकोटाका पिता डा सञ्जीव सापकोटाले आफ्नो छोराले एडगर एलान पोले लेखेको कथामा आधारित फल अफ द हाउस असरमा अभिनय गर्न पाएकोमा सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।​ सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट क्लब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२  मा प्रदर्शन हुने पनि सापकोटाले बताए । सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित विश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।