आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रजनीकान्तका फ्यानका रोचक किस्सा : फिल्म रिलिज हुँदा कम्पनीमा नै छुट्टी, मिर्गौला दिन आत्महत्याको प्रयास

आइतबार, २६ मङ्सिर २०७८, ११ : २६
आइतबार, २६ मङ्सिर २०७८

सुपरस्टार रजनीकान्तको आज ७१ औँ जन्मदिन हो । जति गजबका स्टार रजनी छन्, त्यति नै अजबका उनका फ्यान छन् । यहाँ उनका फ्यानहरूको रोचक किस्साहरू उल्लेख गरिएका छन् ।

सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतमा भगवान् जसरी पूजा गर्छन् । फ्यानले उनको नाममा मन्दिर नै बनाएका छन् । कयौँ पटक फिल्म फ्यानहरू हेर्दा यति उत्साहित हुन्थे, सिनेमा घरको पर्दा नै फटाइदिन्थे । सिनेमा घरहरूमा सिक्का लैजान प्रतिबन्ध गरिएको थियो ।

सन् २०१६ मा रजनीको फिल्म हेर्नका लागि घोषितरुपमा छुट्टी दिइएको थियो । कबाली फिल्म रिलिज हुँदा दक्षिण भारतका कयौँ सहरका कम्पनीले उनको चलचित्र हेर्नका लागि छुट्टीको घोषणा गरेका थिए । केही कम्पनीहरूले कर्मचारीहरूलाई निःशुल्क टिकट पनि बाँडेका थिए ।

रजनीकान्तको हालसम्म ६६ हजारवटा दर्ता गरिएको फ्यान क्लबहरू रहेका छन् । दर्ता नगरिएका अनगिन्ती फ्यान क्लबहरू छन् । जब रजनी बिरामी भएका थिए, उनका फ्यानहरूले मन्दिरमा हवनदेखि यज्ञसम्मको आयोजना गरेका थिए ।

एक फ्यान जी मणिले रजनीकान्तको जन्मदिन मनाउन आफ्नो पत्नीको सबै गहना बेचेका थिए । यो कुरा बाहिर आएपछि एक वृत्तचित्रमा समेत उनलाई फिचर गरिएको थियो । सन् २०११ मा रजनीकान्त मिर्गौलाको समस्याले सिंगापुरको एलिजाबेथ अस्पतालमा भर्ना भए, तब रजनीराजा नाम गरेकी एक फ्यानले उनलाई मिर्गौला दिने फैसला गरे । आफू मरेर रजनीलाई मिर्गौला दिन उनले निद्राको औषधि खाएर आत्महत्याको प्रयास गरेकी थिइन् ।

अर्का फ्यान गोपीले रजनीकान्तको हरेक फिल्म रिलिज गर्दा आफ्नो सहरका १ हजार गरिबलाई चेन्नई ल्याएर फिल्म देखाउँछन् । उनी रजनीलाई भगवान् मान्छन् । कयौँ वर्षदेखि १ हजार जनालाई फिल्म देखाउँदा आफू लाखौँको ऋणमा परेको पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप