
सागरसँग प्रिज्माले मागिन् माफी

मोडल प्रिज्मा खतिवडाले मोडल सागर लम्साल ‘बले’ सँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले माफी मागेकी हुन् ।
राजधानीमा आयोजित ‘छलछल’ गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले माफी सागरसँग मागेकी हुन् । ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । दर्शकले म रोएको र रुनुको कारण सागर लम्सालसँगको प्रेम बुझनु भएको कारण सागर सारलाई गाली दिनुभएको छ’ प्रिज्माले भनिन्, ‘दर्शकको बुझाइमा केही गलत रह्यो । त्यो समय ब्रेकअपका कारण अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । उ त अन्तवार्तामा भाबुक भएर रोएकी हो ।’
‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले अगाडि थपिन्, ‘ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गाली खानुपरेको छ ।’ प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गाली गर्नु गलत भएको उनको भनाई रहेको छ ।
प्रिज्मा हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी हुन् । यी दुवैको प्रेमको चर्चा मनोरञ्जन क्षेत्र नलुकेको बिषय हो । विवाहको बिषयमा कुरो नमिल्दा यी दुबैको प्रेममा तिक्तता आएका बताइन्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ