शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मलेसियामा रहेका अवैधानिक  नेपाली कामदार स्वदेश फर्काउन नयाँ पहल

शुक्रबार, २४ कात्तिक २०७४, १३ : ४९
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौं– मलेसियामा रहेका अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने गरी प्रक्रिया अगाडि बढेको छ । 

नोभेम्वर ३ मा  दूतावासले मलेसियामा कार्यरत अवैधानिक नेपाली श्रमिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । 

दूतावासले नेपाल फर्कन चाहने अवैधानिक श्रमिकहरु फेरि पनि दलालको चङ्गुलमा नफसुन् भनेर ‘स्वदेश फिर्ती’को लागि सूचना जारी गरेको छ । 

यद्यपी यस्तो प्रक्रियामा नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया मा केही समस्या आएको भन्दै उनी विवादमा तानिएका हुन् । 

मलेसियामा  कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् । 

स्वदेश फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरुले स्थानीय कम्पनी हार्फासे रिसोर्स मार्फत प्रक्रिया अघि बढाउन दूतावासले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

स्थानीहार्फासे रिसोर्स कम्पनीले श्रमिककै पक्षमा काम गरिरहेको र बजारमूल्यलाई ख्याल गरेर शुल्क निर्धारण गरिएको बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप