शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

३ बजेदेखि मतदानस्थालमै देउवा, मत माग्दै

मङ्गलबार, २८ मङ्सिर २०७८, १९ : २१
मङ्गलबार, २८ मङ्सिर २०७८

१४ औँ महाधिवेशनमा सभापति पदको आकांक्षी रहेका वर्तमान सभापति शेरबहादुर देउवा ३ बजेदेखि मतदाताको बीचमा बसेर मत मागिरहेका छन् । सभापति पदका लागि साढे तीन बजेदेखि सुरु भएको दोस्रो चरणको मतदान अहिले पनि जारी रहेको छ । प्रधानमन्त्री समेत रहेका देउवा कहिले कुर्सीमा बसेर त उठेर मतदातासँग मत मागिरहेका छन् । 

उता, सभापति पदका अर्का प्रत्यासी शेखर कोइरालाको टिम पनि सक्रिय रुपमा मतदातासँग मत मागिरहेका छन् । पहिलो चरणमा सभापति पदमा ५ जना उम्मेदवार रहेका थिए । तर कुनै पनि उम्मेदवारले निर्वाचित हुनका लागि आवश्यक मत प्राप्त गर्न नसकेपछि भोटिङ दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणमा देउवा र कोइराला मात्र मैदानमा छन् । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप