मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन : सिंह

मङ्गलबार, २८ मङ्सिर २०७८, १९ : ४८
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् । एक वक्तव्य जारी गर्दै आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्,

आदरणीय पत्रकार साथीहरू 

जय नेपाल 

नेपाली काँग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको  निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई नि:शर्त समर्थन गरेको हुँ । निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ  ।

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरूप उहाँलाई समर्थन गरेको हुँ  कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु  ।

जय नेपाल 

प्रकाशमान सिंह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप