ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
मङ्गलबार, ०८ जेठ २०८१, ११ : ५१
काठमाडौँ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजो सोमबारको तुलनामा आज सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ थियो । जुन, आज घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० थियो भने आज तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँ छ ।
यसबाहेक आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो १९ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ८५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण