मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मतगणना सुरु गर्नुअघि काँग्रेसमा विवाद, चन्द्र भण्डारीका प्रतिनिधि बस्न मानेनन्

बुधबार, २९ मङ्सिर २०७८, १८ : ०८
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको मतगणना सुरु गर्नुअघि विवाद देखिएको छ । भृकुटीमण्डपबाट पार्टी कार्यालय सानेपामा लगेर राखिएको मतपेटिका डबल सिलबन्दी नगरेको पाइएको भन्दै विवाद भएको हो । 
उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीका प्रतिनिधिले मतपेटिका शंकास्पद देखिएको भन्दै विवाद सिर्जना गरेका हुन् । उनीहरुले आफूहरु यसबारे आश्वस्त हुन नसकेसम्म गणनास्थलमा बस्न नसक्ने भन्दै बाहिरिएका छन् । 

त्यसपछि निर्वाचन समितिले उम्मेदवार चन्द्र भण्डारीलाई नै छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भण्डारीलाई बोलाएपछि उनी सानेपा जान लागेको बताइएको छ । 
काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको नतिजा बुधबार बिहान आएपछि आज साँझदेखि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको हो । 

उपसभापति २ पदको प्रतिस्पर्धामा भण्डारीसहित दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप